शुक्रबार, कात्तिक ३० गते २०८१    
images
images

१४.४३ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, अघिल्लो वर्षको भन्दा ७८ हजार बढी लिखत पास

images
मंगलबार, साउन १ २०८१
images
images
१४.४३ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, अघिल्लो वर्षको भन्दा ७८ हजार बढी लिखत पास
images
images

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४१ हजार ५ सय २ घरजग्गा कारोबार भएको छ। त्यसअघि २०७९/०८० मा ४ लाख ६३ हजार ३ सय २२ लिखत पास भएको थियो। गत आवमा अघिल्लो आवमा भन्दा ७८ हजार १ सय ८० बढी लिखत पास भएको छ। जुन १४.४३ प्रतिशतले बढी हो। 

images
images
images

गएको असारमा ४४ हजार ५ सय ७९ लिखत पास भएको छ। त्यसअघि असारमा ४४ हजार ४ सय ८५ लिखत पास भएको थियो। अहिले गएको जेठ महिनामा भन्दा असारमा लिखत पास घटेको छ। जेठमा ६१ हजार १ सय ६१ लिखत पास भएको थियो। 

images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको बैशाखमा ४९ हजार ७ सय ८३ लिखत पास भएको थियो। त्यसअघि गतवर्षको बैशाखमा भने ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो।

images

पछिल्लो समय मूल्य घट्दै गएका कारण कारोबारमा केही सुधार देखिएको हो। मूल्य घटेर पनि कारोबार केही बढेका कारण सुधार देखिएको अनुमान गरिएको छ। पछिल्लो समय जग्गा होल्ड गरेर बस्नेहरू बैंकको किस्ता र ब्याजको चेपुवामा पर्दै गएपछि अझै धेरै प्लटहरू बिक्रीमा आइरहेका छन्। 

यता सरकारले हदबन्दीका कारण लिलामीमा समस्या रहेको बैंकहरूको जग्गा बिक्रीमा पनि केही खुकुलो नीति लिइदिएको छ। यसले पनि अझै धेरै जग्गाहरू बिक्रीमा आउन सक्ने छन्। जसका कारण मूल्य आकाशिएको समयमा खरिद गर्ने घरजग्गा व्यवसायी मारमा पर्दै गएका छन्। 

कारोबारको सुस्तताले देशैभर घरजग्गाको मूल्यसमेत घटिरहेको छ। बैंकहरूका पनि लिलामीका जग्गा एकैपटक ठूलो संख्यामा बिक्रीमा आएका छन्। राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो।

गएको चैतमा ५० हजार २ सय ५२ लिखत पास भएको थियो। माघ महिनामा ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ। 

असारमा ३ अर्ब ८ करोड रुपैयाँको राजश्व संकलन भएको छ। जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। बैशाखमा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। 

आर्थिक वर्षको माघमा ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पास भएको थियो। असोज महिनामा ४७ हजार ४ सय ९८ वटा लिखत पास भएको थियो।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६, असोजमा ४७ हजार ३ सय ९८ घरजग्गा किनबेच भएको थियो। साथै कात्तिक महिनामा २६ हजारमात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।  


प्रकाशित : मंगलबार, साउन १ २०८११५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend