सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

images
मंगलबार, साउन १ २०८१
images
images
धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फर्छ्यौट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।

images
images

महेन्द्रनगर- धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागु गरेको छ।  

images
images
images

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागु गरिएको न्यायाधीश चुडामान खड्काले बताए। यसअघि सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागु भइसकेको छ। साथै आजदेखि  पारिवारिक इजलास सञ्चालन भएको उनले बताए।

images
images

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फर्छ्यौट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।

images
images
images

धनुषा जिल्ला अदालतमा आव २०८०/८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फर्छ्यौट भएका छन्।

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ। लेनदेन मुद्दाको सङ्ख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैंकिङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन्। रासस


प्रकाशित : मंगलबार, साउन १ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend