शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

१८ मध्ये १६ निर्जीवन कम्पनीको लाभांश आउँदै, ५ वर्षदेखि निरन्तर लाभांश दिने नेको र नेपाल इन्स्योरेन्सको लाभांश क्षमता कति?

images
आइतबार, पुस १८ २०७८
images
१८ मध्ये १६ निर्जीवन कम्पनीको लाभांश आउँदै, ५ वर्षदेखि निरन्तर लाभांश दिने नेको र नेपाल इन्स्योरेन्सको लाभांश क्षमता कति?
images
images

काठमाडौं- नेपाल स्टक एक्चेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनी रहेका छन्। जसमा नेको र नेपाल इन्स्योरेन्सले मात्रै पछिल्लो पाँच आर्थिक वर्षदेखि यता निरन्तर लाभांश वितरण गरिरहेका छन्। 

images
images
images

निर्जीवन बीमा कम्पनीहरूमा अग्रस्थानमा आउने नाम हो नेको इन्स्योरेन्स। विगत वर्षदेखि नै राम्रो नाफा कमाइरहेको नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई पनि राम्रो लाभांश बाँड्दै आएको छ। जसका कारण पनि कारोबार हुने सूचीमा अगाडि नै पर्ने गरेको छ।

images
images

गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी कम्पनीले कति लाभांश दिन सक्छन् भनेर लगानीकर्ताको चासो बढ्दै गएको छ। वणिज्य बैंकहरू भन्दा अलि ढिलो साधारणसभा गर्ने बीमा कम्पनीहरूले लाभांश पनि ढिलै घोषणा गर्ने गरेका छन्। कतिपय कम्पनीहरूले त दुई वर्ष लाभांश दिन बाँकी नै छ।

images
images

निकोले भने गत वर्षको लाभांश पनि दिइसकेको छ। आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले सेयरधनीलाई १५‍‍.५ प्रतिशत सेयर र ०.८२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश दिएको थियो। नेकोले गत वर्ष २ः१ अनुपातमा हकप्रद सेयरसमेत जारी गरेको थियो। 

यस्तै आर्थिक वर्ष २०७५/७६ मा ८.१६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १०.५२ प्रतिशत र आर्थिक वर्ष २०७२ ७३ मा २१ ०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसैगरी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरण गरेको थियो।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७ ८९ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ७ ५० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ४.५२ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

नेपाल स्टक एक्चेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरु मध्ये प्रिमियर इन्स्योरेन्सले मात्रै गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले ७.५ प्रतिशत बोनस र कर प्रयोजन सहित ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषण गरेको हो। सानिमा जनरल इन्स्योरेन्सले भने शेयरधनीलाई लाभांशबिनै गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ।  त्यसअनुसार नेप्सेमा सूचीकृत १६ निर्जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरी साधारण सभा बोलाउन बाँकी रहेका छन्।


प्रकाशित : आइतबार, पुस १८ २०७८०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend