बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
आर्थिक वर्ष २०८०/०८१

वैदेशिक रोजगारीका लागि एकवर्षमै बाहिरिए ७ लाख ४१ हजार युवा

२०७९/०८० को तुलनामा संख्या घट्दा महिला कामदार भने बढे

मंगलबार, साउन १ २०८१
वैदेशिक रोजगारीका लागि एकवर्षमै बाहिरिए ७ लाख ४१ हजार युवा

विभागका अनुसार गत आवमा कुल वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ६१ हजार १ सय २५ पुरुष रहेका छन् भने त्यसमा महिलाको संख्या ८० हजार १ सय ७२ जना रहेको छ।

काठमाडौं- गत आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीका लागि नेपालबाट विश्वका विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४१ हजार २ सय ९७ जना रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्षमा रोजगारीका लागि जाने कामदारको संख्या कम हो।

विभागका अनुसार अघिल्लो वर्ष ७ लाख ७१ हजार ३ सय २५ जना युवाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृत लिएका छन्।

विभागका अनुसार गत आवमा कुल वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ६१ हजार १ सय २५ पुरुष रहेका छन् भने त्यसमा महिलाको संख्या ८० हजार १ सय ७२ जना रहेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा रोजगारीमा जानेमध्ये पुरुषको संख्या ६ लाख ९९ हजार १ सय ९३ रहेको थियो भने महिलाको संख्या ७२ हजार १ सय ३४ जना रहेको थियो। सम्रगमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि महिलाको कामदारको संख्या भने बढेको छ।

विभागले दिएको तथ्यांकअनुसार महिला कामदारको संख्या १० प्रतिशतले बढेको हो। समग्रमा भने रोजगारीमा जाने कामदारको संख्या ४ प्रतिशले घटेको हो।

विभागका अनुसार यो वर्ष सबैभन्दा बढी कामदार यूएई पुगेका छन्। वार्षिक महिनागत तथ्यांक भने केही दिनमा सार्वजनिक हुने विभागको भनाइ छ। 

गत आवमा महिनागत रुपमा बाहिरिएका कामदारको विवरण

महिनागत कामदार विवरण.png


प्रकाशित : मंगलबार, साउन १ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend