बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पदभार सम्हालेलगत्तै कर्मचारीलाई महिलामन्त्रीको निर्देशन - परिणाममुखी काम गर्नूस्

images
मंगलबार, साउन १ २०८१
images
पदभार सम्हालेलगत्तै कर्मचारीलाई महिलामन्त्रीको निर्देशन - परिणाममुखी काम गर्नूस्

'कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन', मन्त्री नवलकिशोर साह सुडीले भने।

images
images

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आज पदभार सम्हालेका छन्।

images
images
images

पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

images
images

उनले भने, 'कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन।'

images
images

यसअघि उनी वन तथा वातावरणमन्त्री भएका थिए। विसं २०४७ देखि राजनीतिमा सक्रिय उनी जनता समाजवादी पार्टीमा आबद्ध छन्। उनी २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

सप्तरीको हनुमाननगर कंकालीनी-९ मा आमा कौशल्या देवी र बुबा भोलाप्रसाद साहुको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो। रासस


प्रकाशित : मंगलबार, साउन १ २०८११४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend