बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अमेरिकी प्रतिबन्धपछि आम्दानी गुमाउँदै हुवावे, २०२१ मा २८ प्रतिशत घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १७ २०७८
अमेरिकी प्रतिबन्धपछि आम्दानी गुमाउँदै हुवावे, २०२१ मा २८ प्रतिशत घट्यो

यो वर्ष आम्दानी घटेपनि व्यापारबाट सन्तुष्ट रहेको कर्मचारीलाई लेखिएको पत्रमा पिङले उल्लेख गरेका छन्। 

काठमाडौं- अमेरिकी प्रतिबन्धपछि चिनियाँ टेक जायन्ट हुवावेको आम्दानीमा ठूलो गिरावट देखिएको छ। 

हुवावेको स्मार्टफोन व्यापारमा ठूलो प्रभाव देखिएको छ भने दूरसञ्चार उपकरणको व्यापार पनि ओरालो लागेको छ। 

व्यापार ओरालो लाग्नेक्रममा हुवावेको आम्दानी सन् २०२१ मा करिब ३० प्रतिशतले घट्ने प्रक्षेपन गरिएको छ। 

हुवावेका रोटेटिङ अध्यक्ष गाओपिङले कर्मचारीलाई लेखेको पत्रमा सन् २०२१ मा हुवावेले ९९.४८ अर्ब अमेरिकी डलर आम्दानी गरेको उल्लेख गरेका छन्। यो आम्दानी सन् २०२० को तुलनामा २८.९ प्रतिशतले न्यून हो। 

यो वर्ष आम्दानी घटेपनि व्यापारबाट सन्तुष्ट रहेको कर्मचारीलाई लेखिएको पत्रमा पिङले उल्लेख गरेका छन्। 

अमेरिकाले सन् २०१९ मा हुवावेमाथि प्रतिबन्ध लगाएको थियो। राष्ट्रिय सुरक्षामा चुनौति थपिएको भन्दै तत्कालीन ट्रम्प प्रशासनले हुावेमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी प्रतिबन्धसँगै कोरोनाका कारण चिनियाँ बजारमा घटेको मागले कम्पनीको आम्दानी प्रभावित भएको हो। 


प्रकाशित : शनिबार, पुस १७ २०७८१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend