बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १ २०८१
images
म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८  इन्टेक, १६  संकलन चेम्बर, ११  वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४  पानी संकलन ट्यांकी निर्माण भएको छ।

images
images

बेनी- म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको  हो।

images
images
images

प्रदेश सरकारबाट प्राप्त ३४ र संघीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्यांकी निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशंकर शाहले जानकारी दिए।

images
images

उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ।

images
images

घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८  इन्टेक, १६  संकलन चेम्बर, ११  वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४  पानी संकलन ट्यांकी निर्माण भएको छ।

एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन १ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend