बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पेट्रोल प्रतिलिटर ४ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रूपैयाँ मूल्य बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३१ २०८१
images
पेट्रोल प्रतिलिटर ४ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रूपैयाँ मूल्य बढ्यो

समायोजन भएको मूल्य मंगलबारदेखि लागु हुने निगमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

images
images
images

सोमबारको निगम सञ्चालन समितिको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।

images
images

जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको छ। बढेको मूल्य मंगलबारदेखि लागु हुनेछ।

images
images

निगमका अनुसार मूल्य वृद्धि भएपछि काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ६० रुपैयाँ पुगेको छ।

निगमले एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ।


प्रकाशित : सोमबार, असार ३१ २०८१२१:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend