काठमाडौं- सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ। नेपालको प्रशासनमा पहिलोपटक महिलालाई कार्यकारी अधिकार दिइएको हो।
नयाँ सरकार गठन भएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो।
मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै उनी स्वतः पदबाट निलम्बित भएपछि निमित्त मुख्यसचिवको रुपमा गड्तौला कार्यरत थिइन्।