बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषदको निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३१ २०८१
images
त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषदको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍ले पनि त्रिवि मैदानलाई नै प्राथमिकतामा राखेको हो।

images
images

काठमाडौं- सरकारले त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ। 

images
images
images

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइटलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

images
images

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लडलाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले पाएको छ। 

images
images

यसअघिको सरकारले पनि त्रिवि मैदानमा फ्लडलाइट राख्ने काम प्राथमिकतामा रहेको जनाउँदै आएको थियो। राजनीतिक समीकरण फेरिएर नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍ले पनि त्रिवि मैदानलाई नै प्राथमिकतामा राखेको हो। 


प्रकाशित : सोमबार, असार ३१ २०८११९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend