मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल

images
सोमबार, असार ३१ २०८१
images
images
पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल

'ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरुको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु', उनले भने।

images
images

काठमाडौं- नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्।

images
images

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले भने, 'पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा सम्बोधन गर्ने काम गर्नेछु।'

images
images

यातायात क्षेत्रको सुधारका लागि मन्त्री दाहालले राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने समेत उल्लेख गरे। उनले पछिल्लो समय सडक दुर्घटनाका घटना बढिरहेको भन्दै त्यसलाई कम गर्ने गरी नीति बनाउने प्रतिबद्धता जनाएका छन्।

images
images
images

'सडक दुर्घटना बढिरहेका छन्, दुर्घटना न्यूनीकरणका लागि नीतिगत व्यवस्था तय गर्ने योजना बनाएको छु', उनले भने, 'ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरुको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु।' रासस


प्रकाशित : सोमबार, असार ३१ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend