मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

कोइला निर्यातमा रोक लगाउँदै इन्डोनेसिया

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १७ २०७८
images
images
कोइला निर्यातमा रोक लगाउँदै इन्डोनेसिया

थर्मल उर्जा उत्पादन गर्दै आएका अधिकांश देशमा पछिल्लो समय कोइला आयात अत्याधिक बढेको छ। 

images
images

काठमाडौं- इन्डोनेसियाले यही महिनादेखि थर्मल कोइला निर्यातमा रोक लगाउने भएको छ। 

images
images

घरेलु ऊर्जाका लागि सञ्चालित थर्मल प्लान्टका लागि कोइला अभाव भएकाले तत्काल कोइला निर्यातमा रोक लगाउने निष्कर्षमा इन्डोनेसियाको सरकार पुगेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। 

images
images

इन्डोनेसिया संसारमा धेरै कोइला निर्यात गर्ने देश हो। वार्षिक ४० करोड टन कोइला निर्यात गर्दै आएको इन्डोनेसियाको मुख्य ग्राहक भारत, चीन, जापान र दक्षिण कोरिया हुन्। 

images
images
images

देशभित्रै उर्जा उत्पादन माग अनुसार नहुँदा चरम संकट आउन थालेको भन्दै सरकारले निर्यातमा रोक लगाउने निर्णय गरेपछि आयात गर्ने देशको उर्जा उत्पादन प्रभावित हुनसक्ने छ। 

थर्मल उर्जा उत्पादन गर्दै आएका अधिकांश देशमा पछिल्लो समय कोइला आयात अत्याधिक बढेको छ। 


प्रकाशित : शनिबार, पुस १७ २०७८१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend