मंगलबार, मंसिर ११ गते २०८१    
images
images

स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‌मा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय

images
सोमबार, असार ३१ २०८१
images
images
स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‌मा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय

यसअघिको सरकारमा पनि दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए। उनी योसहित चारपटक मन्त्री बनेका हुन्।

images
images

काठमाडौं- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन्।

images
images
images

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए।

images

मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने भन्दै कर्मचारीलाई दत्तचित्त भइ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

images

यसअघिको सरकारमा पनि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए। भण्डारी योसहित चारपटक मन्त्री बनेका हुन्। रासस


प्रकाशित : सोमबार, असार ३१ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend