बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

नवनियुक्त रक्षामन्त्रीको प्राथमिकतामा राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण

images
सोमबार, असार ३१ २०८१
images
नवनियुक्त रक्षामन्त्रीको प्राथमिकतामा राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण

नवनियुक्त रक्षामन्त्री मानविर राईले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहनेसम्बन्धी प्रस्ताव स्वीकृत गरे।

images
images

काठमाडौं- रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौं-तराई/मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

images
images
images

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उनले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाए। उनले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहनेसम्बन्धी प्रस्ताव स्वीकृत गरे।

images
images

उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ।

images
images

विपद्‌बाट सृजना हुनेसक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनःस्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधान र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ।

कोशी प्रदेशको सोलुखुम्बु, माप्य दूधकोशी-२ मा विस २०२७ मा जन्मिएका राईले विस २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। उनी विस २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

विस २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै विस २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भए।  हाल उनी पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। रासस


प्रकाशित : सोमबार, असार ३१ २०८११७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend