आइतबार, भदौ २३ गते २०८१    
images
images

११ महिनापछि चौरमै थन्किएका १९ विद्युतीय सवारी हस्तान्तरणको तयारी

१५ करोड लागतमा सोलार चार्जिङ स्टेशन

images
शनिबार, पुस १७ २०७८
images
images
११ महिनापछि चौरमै थन्किएका १९ विद्युतीय सवारी हस्तान्तरणको तयारी

अहिले सवारी लुम्बिनी विकास कोषको नाममा नामसरी गर्ने प्रक्रिया सुरु भइसेको छ।  नामसरीका लागि यातायात कार्यालयमा फाइल पुगेको  छ।

images
images

काठमाडौं- एसियाली विकास बैंक (एडीबी)को सहयोगमा खरिद गरिएका ५ वटा १९ सिट क्षमताका विद्युतीय बस र १४ वटा ५ सिट क्षमताका भ्यान ११ महिना पछि लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्ने तयारी भएको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि एडीबीको सहयोगमा खरिद गरेको सवारी २०७७ माघको अन्त्यतिर नै नेपाल आइपुगेको थियो। करिब १२ लाख डलर लागतमा खरिद गरिएको बस प्राविधिक कारण हस्तान्तरण हुन सकेको थिएन।

अहिले मन्त्रालयले पुस भित्रै सवारी हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाएको कोषमा सदस्यसचिव सानुराज शाक्य बताए। अहिले सवारी लुम्बिनी विकास कोषको नाममा नामसरी गर्ने प्रक्रिया सुरु भइसेको छ। नामसरीका लागि यातायात कार्यालयमा फाइल पुगेको  शाक्यले बिजनेस न्युजलाई जानकारी दिए।

विद्युतीय बस नेपाल आइपुगे पनि चार्जिङ स्टेशन निर्माणको कामसँगै बसको प्राविधिक पक्षको अध्ययन गर्नु पर्ने हुँदा ढिला भएको उनको तर्क छ। मन्त्रालयले विद्युतीय सवारी खरिदका लागि झन्डै ५ वर्ष अगाडि नै चीनमा सवारी उत्पादन तथा बिक्री गर्दै आएको बीवाईडी कम्पनीका लागि विद्युतीय गाडीको एजेन्ट कम्पनी ‘साइमेक्स’सँग सम्झौता गरेको थियो।

images

सम्झौताअनुसार कम्पनीले साढे २ वर्षअघि नै दुई वटा बस नेपाल ल्याएको थियो। तर, सम्झौता अनुसारको बस नभएको भन्दै फिर्ता गरेर पुनः नयाँ ल्याउँने सहमति भएको थियो।

सहमतिअनुसार बीवाईडीले गाडी नेपाल ल्याएको थियो। गाडी नेपाल ल्याएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राविधिक परीक्षणका लागि कमिटी बनाएको थियो। प्राविधिक कमिटीले बसमा कुनै प्राविधिक समस्या नभएको जनाकारीसमेत गराइसकेको छ। तर, बस हस्तान्तरण हुने सकेको थिएन।

अहिले जाइकाको सहयोगमा निर्माण भइरहेको सालोर चार्जिङ स्टेशन निर्माणको काम अन्तिमा चरणमा पुगेसँगै बस हस्तान्तरणको तयारी भएको छ। ‘चार्जिङ स्टेशन निर्माण तर्फको भौतिक काम सकिसेको छ,’ शाक्यले भने, ‘अहिले दक्ष प्राविधिक मार्फत स्टेशनको परीक्षणको काम भइरहेको र अबको केही दिन भित्रै सबै काम सकिन्छ।’

पहिलो पटक १५ करोडको लागतमा १५० किलोवटा क्षमतनाको चार्जिङ स्टेशन

कोषले सञ्चालन गर्ने विद्युतीय बस चार्जिङका लागि सोलार चार्जिङ स्टेशन निर्माण भएको छ। यो नेपालमा बनेको पहिलो सोलार चार्जिङ स्टेशन हो। यसको लागत १५ करोड रुपैयाँ हारहारीमा रहेका छ। चार्जिङ स्टेशनको क्षमता १५० किलोवटाको हो। स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चार्जिङ स्टेशनमा ठूलो बस चार्जिङ गर्न  २ वटा  पोर्ट, कार, जिप, भ्यानका लागि १५ वटा पोर्ट र टेम्पो तथा रिक्साका लागि ४० देखि ५० वटा पोर्ट बनेको शाक्यले जानकारी दिए। 

प्रतिप्यानल २ सय ६० वाटका ५ सय ९४ वटा सोलार प्यानलमार्फत् उत्पादित विद्युत ब्याट्रीमा स्टोर गरी रातिको समयमा समेत गाडीहरू चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ। 

निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै जडान गरिएको सोलार प्लान्टबाट उत्पादित १ सय ५० किलोवाट विद्युत नेपाल विद्युत प्राधिकरणको ग्रिड हुँदै चार्जिङ स्टेशनमा पुर्‍याइएको हो।

बस कसले चलाउने

ती बस कोष, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल सुरु भएको उनको भनाइ छ।

‘पहिलो प्राथमिता ३ वटै निकायको सहकार्यमा कम्पनी खोलेर विद्युतीय बस सञ्चालन गर्ने तयारी भएको छ,’ उनले भने, ‘त्यसमा सम्भव नभएको अवस्थामा भने निजी क्षेत्रलाई भाडामा दिएर बस सञ्चालन गर्ने हो।’ बस हस्तान्तरण भएलगत्तै सञ्चालनमा आउने उनको भनाइ छ।


प्रकाशित : शनिबार, पुस १७ २०७८१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend