आइतबार, भदौ २३ गते २०८१    
images
images

थामियो सेयर बजारमा वृद्धितर्फको लय, ८ अर्ब ७३ करोडको कारोबार

images
सोमबार, असार ३१ २०८१
images
images
थामियो सेयर बजारमा वृद्धितर्फको लय, ८ अर्ब ७३ करोडको कारोबार
images
images

काठमाडौं- नयाँ सरकार गठन हुने भएसँगै विश्वासको वातावरण देखिएको सेयर बजारमा अहिले उतारचढावकै अवस्था देखिएको छ। सरकार फेरिने र अर्थमन्त्री एमालेबाट विष्णु पौडेल हुने पक्का भएसँगै उत्साहित देखिएको सेयर बजार सोमबारको कारोबारमा भने घटेको हो।

images
images
images

लामो समयदेखि २००० को बिन्दु आसपास रहेको सेयर बजार नयाँ सरकार गठन हुने भएसँगै वृद्धितर्फ बढेको थियो। अर्थमन्त्रीको रुपमा एमाले उपाध्यक्ष पौडेल नियुक्त हुने खबरले आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको थियो।

नयाँ सरकार गठन हुने खबरपछि कुनै दिन सामान्य करेक्‍सन देखिएको भए पनि बजारले २०५.६२ अंकको वृद्धि लिइसकेको थियो।सोमबार भने उतारचढावबीच बजार घटेको छ। 

सोमबार १७.१८ अंकले घटेर बजार २२४०.४१ बिन्दुमा पुगेको छ। ५६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

गएको साता ८४.९ अंकले बढेको सेयर बजार त्यसअघिको साता ६७.७५ अंकले बढेको थियो। बजारले वृद्धितर्फको लय समातिरहँदा कुनै दिन करेक्सन देखिइरहेको विश्लेषकहरू बताउँछन्। सोमबार नै उपप्रधान तथा अर्थमन्त्रीका रुपमा विष्णु पौडेलले शपथ ग्रहण गरिसकेका छन्। उनलाई बजारका लगानीकर्ताहरू विश्वासिलो पात्रका रुपमा लिन्छन्। जसले गर्दा अब बजारले वृद्धितर्फकै बाटो लिने विश्लेषण हुन थालेको छ। 

नयाँ सरकार गठनको विषय चलिरहँदा सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका थिए। अबको बजारमा केही दिन करेक्सन नै देखिए पनि पहिलेजस्तो लगातार नघट्ने र अब नयाँ उचाइतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। पुँजी बजारमा देखिएको कमजोर अवस्था बदल्न पौडेल नै सही अर्थमन्त्री हुने संगठित लगानीकर्ताहरूको समेत विश्वास रहेको छ। 

नयाँ सरकार गठनपछि अब बजारले गति लिने विश्वासमा लगानीकर्ताहरू रहेका छन्। अहिले देखिएको वृद्धि उतारचढावपूर्ण अवस्थाबीच देखिएको उछाल हो या बजारले गति समात्ने लय देखिएको हो भन्ने यकिन गर्न भने केही साता पर्खनुपर्ने उनीहरू बताउँछन्।

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदम नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। विश्लेषकहरूका अनुसार अब नीतिगत संरक्षण र सेयर बजारमैत्री सुधारको पर्खाइमा लगानीकर्ता रहेका छन्। 

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट नयाँ सरकारको चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेन।

अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। यसपटक लगानीकर्ताहरू पहिलेजस्तो हतारमा हाम फाल्ने अवस्थामा नरहेको विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, असार ३१ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend