शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बागलुङ ट्राफिकद्वारा एक करोड २० लाख राजस्व संकलन

images
सोमबार, असार ३१ २०८१
images
बागलुङ ट्राफिकद्वारा एक करोड २० लाख राजस्व संकलन

चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो। पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ।

images
images

ढोरपाटन- जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो।

images
images
images

पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ। आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो।

images
images

चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ। सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो।

images
images

जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्र्याक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन्। 

एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए। एक बस, आठ जीप तथा कार, ट्र्याक्टर, टेम्पो एक/एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए। एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। ४२ जना घाइते भएका छन्। गत वर्ष २४ सवारीसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो।

ट्राफिक प्रमुख निउरेले दूर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए। रासस


प्रकाशित : सोमबार, असार ३१ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend