आइतबार, भदौ २३ गते २०८१    
images
images

प्रधानमन्त्री ओलीसहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ

यस्तो बन्यो २२ सदस्यीय मन्त्रिपरिषद्‍

images
सोमबार, असार ३१ २०८१
images
images
प्रधानमन्त्री ओलीसहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

images
images

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजना भएको विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

images
images
images

प्रधानमन्त्री ओलीसँगै नवनियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ भएको छ। ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१  जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। 

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन्। कांग्रेसबाटै गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमा आरजु राणा देउवा, युवा तथा खेलकुदमा तेजुलाल चौधरी, कानूनमा अजय चौरसिया, ऊर्जामा दीपक खड्का, वन मन्त्रीमा ऐनबहादुर शाही, स्वास्थ्यमा प्रदीप पौडेल, कृषिमन्त्रीमा रामनाथ अधिकारी र पर्यटनमन्त्री बद्री पाण्डेले पनि शपथ लिएका छन्। 

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमा पृथ्वीसुब्बा गुरूङ, भूमि व्यवस्थामा बलराम अधिकारी, उद्योगमा दामोदर भण्डारी, शिक्षामा विद्या भट्टराई, रक्षामा मानवीर राई, संघीय मामिलामा राजकुमार गुप्ता, भौतिकमन्त्री देवेन्द्र दाहालले शपथ लिएका छन्।

images

यस्तै लोसपाका शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन्। जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बनेका छन्। 

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।  

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। 

यस्तो बन्यो २२ सदस्यीय मन्त्रिपरिषद्‍

प्रधानमन्त्री - केपी शर्मा ओली

उपप्रधान तथा सहरी विकास मन्त्री -  प्रकाशमान सिंह

उपप्रधान तथा अर्थमन्त्री -  विष्णु पौडेल

गृहमन्त्री - रमेश लेखक

परराष्ट्रमन्त्री - आरजु राणा

युवा तथा खेलकुदमन्त्री - तेजुलाल चौधरी

कानूनमन्त्री - अजय चौरसिया

ऊर्जामन्त्री - दीपक खड्का

वनमन्त्री - ऐनबहादुर शाही

स्वास्थ्यमन्त्री - प्रदीप पौडेल

कृषिमन्त्री - रामनाथ अधिकारी

पर्यटनमन्त्री - बद्री पाण्डे

सञ्चारमन्त्री - पृथ्वीसुब्बा गुरूङ

भूमि व्यवस्थामन्त्री - बलराम अधिकारी

उद्योगमन्त्री - दामोदर भण्डारी

शिक्षामन्त्री - विद्या भट्टराई

रक्षामन्त्री - मानवीर राई

संघीय मामिलामन्त्री - राजकुमार गुप्ता

भौतिक पूर्वाधारमन्त्री - देवेन्द्र दाहाल

श्रममन्त्री - शरदसिंह भण्डारी 

खानेपानीमन्त्री - प्रदीप यादव 

महिला तथा बालबालिकामन्त्री - नवलकिशोर साह 


प्रकाशित : सोमबार, असार ३१ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend