शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

साढे सात करोड रूपैयाँ खर्चिएर प्रशासनिक भवन बनाउँदै हतुवागढी

images
सोमबार, असार ३१ २०८१
images
साढे सात करोड रूपैयाँ खर्चिएर प्रशासनिक भवन बनाउँदै हतुवागढी

भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए।

images
images

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ।

images
images
images

भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिब सात करोड ५२ लाख रूपैयाँ लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो।

images
images

भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। प्रशासनिक भवन गाउँपालिकाको ४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत लगानीमा निर्माण भइरहेको उनको भनाइ छ।

images
images

'सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै प्रशासनिक भवन निर्माण गरिरहेका छौँ', प्रशासकीय अधिकृत निरौलाले भने, 'हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको अवस्था छ। भवन निर्माण सम्पन्न भएपश्चात् नागरिकलाई दिने सेवा प्रवाहमा थप सहजता हुनेछ।'

निर्माण सुरु भएको सात महिनाको अवधिमा हालसम्म दुई तला ढलानको काम सम्पन्न भइसकेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। लिफ्टसहित चार तलाको बन्ने भवन २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ। गाउँपालिकाको आफ्नो भवन नहुँदा विगतको प्राथमिक स्वास्थ्य चौकीको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको छ।

जनतालाई सेवा दिने व्यवस्थित भवन हुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर संघ सरकारसँगको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। भवन निर्माणपश्चात् सेवा प्रवाहमा सहजता हुने अध्यक्ष राईको भनाइ छ। भवन निर्माणको कामलाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको उनको भनाइ छ।

'गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ', अध्यक्ष राईले भने, 'भवन अभावमा एकै स्थानबाट सेवा दिन नसकिरहेको अवस्था छ। जसको कारण नागरिकलाई लिन गर्न कठिन छ। एउटा व्यवस्थित प्रशासनिक भवनको आवश्यकता महसुस गरेर संघ सरकारसँगको लागत साझेदारीमा भवन निर्माण थालेका हौँ।'

भवन निर्माणको काम तोकिएको अवधिभन्दा अघिनै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल जानलाले बताए। हालसम्म भवन निर्माणको काम ३६ प्रतिशतको हारहारीमा सम्पन्न भएको कम्पनीको दाबी छ।

भवन निर्माणको लागि हालसम्म गाउँपालिकाको तर्फबाट दुई करोड ५० लाख रूपैयाँ र संघ सरकारको १२ लाख गरी कुल दुई करोड ६२ लाख रूपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ। आगामी आवको लागि डेढ करोड रूपैयाँ विनियोजन गरिएको जनाइएको छ। भवन निर्माणको काम २०८० पुस महिनाबाट सुरु भएको थियो।

भोजपुरका नौवटा स्थानीय तहमध्ये भोजपुर नगरपालिकाको मात्र आफ्नै प्रशासनिक भवन रहेको भने अन्य आठ वटा स्थानीय तह भने पुराना सरकारी भवन तथा भाँडाको घरबाट सञ्चालन भइरहेका छन्। यसको कारण सेवा प्रवाहमा समस्या रहँदै आएको छ। पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका, षडानन्द नगरपालिकाले पनि भवन निर्माण थालेका छन्। रासस


प्रकाशित : सोमबार, असार ३१ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend