शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने

images
सोमबार, असार ३१ २०८१
images
मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने

केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

images
images

चितवन- मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने भएको छ। केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

images
images
images

‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो। स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ।

images
images

यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन्। मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।

images
images

केबलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस) स्थित केबलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार ३१ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend