आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

images
सोमबार, असार ३१ २०८१
images
images
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

स्थानीय पूर्ण तामाङका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन्। जमिन चिरा परेर बग्न थालेको छ।

images
images

मलेखु- धादिङको उत्तरी क्षेत्रस्थित गंगाजमुना गाउँपालिका-१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ। गएराति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो।  

images
images

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिएका छन्।

images
images

'चारैतिरबाट पहिरोले घेरेको छ। गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ। एउटा घरको शौचालय बगिसक्यो', उनले भने, 'गएराति १२ बजेतिर पानी पर्‍यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ।'

images
images
images

मकैबारीको भित्रभित्रै चिरा परेको छ। गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छ। एउटा भत्किनेबित्तिकै सबै भत्किने खालको घरहरु छ। पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन/चार परिवारले राति नै घर खाली गरेको पूर्णलेले जानकारी दिए।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन्। जमिन चिरा परेर बग्न थालेको छ। पहिरो झर्ने संकेत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन्।

पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन् खतरा बढेको जनाइएको छ। अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन्।

किचेत गाउँमा विशेषगरी तामाङ समुदायको बसोबास छ। सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दुरीमा छ। बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवा समेत अवरुद्ध हुने गर्दछ। रासस


प्रकाशित : सोमबार, असार ३१ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend