लमजुङ- पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ। मर्स्याङ्दी गाउँपालिका-४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए।
यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ।
चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेबल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन। आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन्। रासस