शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अधिकांश वाणिज्य बैंकले साउनका लागि पनि घटाए निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर थप घट्ने

सोमबार, असार ३१ २०८१
अधिकांश वाणिज्य बैंकले साउनका लागि पनि घटाए निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर थप घट्ने

साउन महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधितम ब्याजदर असारको तुलनामा ०.०१ प्रतिशतले घटाएर ६.२१ प्रतिशत कायम गरेको छ।

काठमाडौं- बैंकिङ प्रणालीमा रहेको अधिक लगानीयोग्य रकमका कारण गत आर्थिक वर्षको फागुनयता निरन्तररुपमा ब्याजदर घटिरहेको छ। निक्षेप संकलनको तुलनामा कर्जाको माग प्रवाह नभएपछि विगत २८ महिनायताकै न्यून बिन्दुमा कर्जाको ब्याजदर पुगेको छ। 

आगामी आर्थिक वर्षको पहिलो महिना साउनका लागि पनि बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका छन्। साउनमा निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर थप घट्ने भएको छ। 

साउन महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधितम ब्याजदर असारको तुलनामा ०.०१ प्रतिशतले घटाएर ६.२१ प्रतिशत कायम गरेको छ। ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउँदै साउनका लागि ६.२५ प्रतिशत कायम गरेको छ।

नेपाल बैंक लिमिटेडले असारको तुलनामा ०.५ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ६.२५ प्रतिशत कायम गरेको छ। प्राइम कमर्सियल बैंकले असारको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै ६.५ प्रतिशत कायम गरेको छ। 

यस्तै असारको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंकले ६.७१ प्रतिशत, सानिमा बैंकले ६.४ प्रतिशत, सिटिजन्स बैंकले ६.७५ प्रतिशत, सिद्धार्थ बैंकले ६.७५ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, एनएमबि बैंकले ७.५३ प्रतिशत,एनआईसी एसिया बैंकले ७.५३ प्रतिशत र हिमालयन बैंकले ७.५ प्रतिशत कायम गरेका छन्। 

साउनका लागि कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन भने नबिल बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकलेअसार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।


प्रकाशित : सोमबार, असार ३१ २०८११०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend