शनिबार, मंसिर ८ गते २०८१    
images
images

उतारचढावको सेयर बजारमा आउने साता के होला? विश्लेषक भन्छन्- कुन बाटो जान्छ माघ नलागी भन्न सकिँदैन

images
शनिबार, पुस १७ २०७८
images
images
उतारचढावको सेयर बजारमा आउने साता के होला? विश्लेषक भन्छन्-  कुन बाटो जान्छ माघ नलागी भन्न सकिँदैन
images
images

काठमाडौं- यो साताको कारोबारमा सेयर बजारमा कुनै ठूलो परिर्वतन देखिएन। साताभरमा बजार जम्मा ४ अंकले मात्रै बढेको छ। अघिल्लो साता भने बजार  २ सय अंकभन्दा बढीले बढेको थियो।

images
images
images

यो साता कारोबारको पहिलो दिन आइतबार ७१.२० अंकले बढेर बजार २५९१.४२ बिन्दुमा पुगेको थियो। आइतबार केही उतारचढावका बीच बजार एक समय २५९६ को बिन्दुसम्म पनि पुगेको थियो। आइतबार कारोबार रकममा पनि सुधार देखिएको थियो। ८६ लाख १ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको थियो। तर सोमबार भने बजार ६९.७७ अंकले घटेर २५२१.६५ बिन्दुमा रोकिएको थियो।

images

आइतबार बढेको बजार सोमबार घटेको थियो। मंगलबार भने बजार  २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा रोकिएको थियो। यसैगरी बुधबार सेयर बजारमा सामान्य सुधार हुँदै ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको थियो। दुई दिन लगातार घटेको बजारमा बुधबारको सामान्य सुधारले उतारचढावकै अवस्था देखिएको थियो। अघिल्लो साताको बिहीबार २५२०.२३ बिन्दुमा रोकिएको बजार यो साता २५२४.५० अंकमा रोकिएको हो।

images

अबको साता के होला?

आगामी सातामा पनि बजारमा ठूलो परिर्वतन नदेखिने सेयर विश्लेषक अम्बिका प्रसाद पौडेल बताउँछन्। ‘बजार अहिले पनि बेयरिसमा गएको छैन,’ उनले भने, ‘पुसको अन्तिम साता वा माघको पहिलो सातापछि मात्रै बजारको अवस्थामा आँकलन गर्न सकिने छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

बजारमा अहिले ठूलो उत्तरचढाव देखिने अवस्था नहरेको उनको तर्क छ। माघको पहिलो साता वा पुसको अन्तिम सातामा मात्रै बजारले लिने अबको बाटोमा विषयमा विश्लेषण गर्न सकिने पौडेल बताउँछन्।

तरलता अभावको विषय कसरी सम्बोधन हुन्छ, बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ जस्ता विषयले अहिले नै बजारको विषयमा विश्लेषण गर्न नसकिने अवस्थामा पुगको हो।

सबै ठूला राजनीतिक दलको महाधिवेशन सकिएर नयाँ नेतृत्व पनि आएको छ। पौडेलका अनुसार उनीहरूले बजारको विषयमा लिने रणनीतिले पनि बजारमा केही प्रभाव अवश्य पर्ने हुन्छ।

त्यसका लागि पनि एक/दुई साता कुर्नुपर्ने अवस्थामा रहेको पौडेलको भनाइ छ। यसैगरी अब स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै सुरु हुने निर्वाचन कार्यक्रमले पनि बजारमा प्रभाव पार्ने उनको तर्क छ। यी सबै काम माघको पहिलो साताभित्र भइसक्ने आँकलनकै कारण पनि बजारलाई बुझ्न समय लाग्ने पौडेलको भनाइ छ। तर बजारले एक पटक नयाँ उचाइ भने लिने उनको दाबी छ।


प्रकाशित : शनिबार, पुस १७ २०७८११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend