शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

२०२१ मा भारतमा एमजीको छलाङ : खुद्रा बिक्री ४३ प्रतिशतले बढ्यो, कस्तो छ नेपाली बजार

images
images
images
२०२१ मा भारतमा एमजीको छलाङ : खुद्रा बिक्री ४३ प्रतिशतले बढ्यो, कस्तो छ नेपाली बजार

भारतमै उत्पादन गरेको एमजी हेक्टर एसयूभी सार्वजनिक गरेपछि उसको बिक्री उल्लेख्य बढेको हो।

images
images

काठमाडौं- एमजी मोटर इन्डियाले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२१ मा खुद्रा कार बिक्री ४३ प्रतिशत बढेको छ। सो वर्ष भारतमा एमजीले भारतमा ४० हजार २ सय ७३ वटा कार बिक्री गरेको हो। २०२० मा एमजीले २८ हजार १ सय ६२ वटा कार बिक्री भएको थियो। याे तथ्यांक निर्यात बाहेकको हो।

images
images
images

भारतमै उत्पादन गरेको एमजी हेक्टर एसयूभी सार्वजनिक गरेपछि उसको बिक्री उल्लेख्य बढेको हो। २०२१ मा भारतमा ३१ हजार ५ सय ९ हेक्टर नै बिक्री भएको हो। त्यस्तै ग्लोस्टर एसयूभी ३ हजार ८ सय २३ वटा, जेडएस इभी २ हजार ७ सय ९८ वटा र एस्टोर एस्ट्रो एसयूभी २ हजार १ सय ४३ वटा बिक्री भएको एमजी मोटरले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको इकोनोमिक टाइम्सले लेखेको छ। 

images

२०२१ चुनौतीपूर्ण वर्षका बावजुत उक्त सफलता प्राप्त भएको एमजी मोटर इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीव चावाले बताए। 

images

बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) चिनियाँ सवारी उत्पादक एसएआईसी (सांघाई अटोमोटिभ इन्डस्ट्री कर्पोरेसन) ले स्वामित्व लिएपछि एसियाली बजारमा आक्रामक बनेको हो। एसएआईसीले लिएसँगै एमजी ब्रान्ड भारतीय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउने गरि अघि बढेको छ।

images
images

एमजी इन्डियाले भारतमै कार उत्पादन सुरु गरिसकेको छ। भारतबाट अमेरिकी कार उत्पादन जनरल मोटर्स (जीएम) बाहिरिएसँँगै एमजीले जीएमको महाराष्ट्रमा रहेको प्लान्ट किनेको थियो। सोही प्लान्टबाट एमजीले मेडइन इन्डिया हेक्टर उत्पादन गरेको हो। सोही उत्पादन हेक्टरले २०२१ मा एमजीको भारतीय बिक्रीलाई उल्लासमय बनाएको हो। 

भारतमा उत्पादित हेक्टर केही समयअघि नेपाली बजारमा समेत भित्रिएको छ। हेक्टर बाहेकका अन्य उत्पादन नेपालमा चीनबाट नै आइरहेका छन्। एमजीका ती नमोडलका जीएस, एउटा जेडएस र एउटा एचएस मोडलका डिजल÷पेट्रोल कार आइरहेका छन्। त्यस्तै गरि चीनमै बनेको एमजीको जेडएस इभी समेत नेपाल बिक्री भइरहेको छ। एमजीको सबैभन्दा बढी बिक्री हुने कारमा यही जेडएस इभी नै रहेको छ। 

एमजीका अन्य मोडलका कारको बिक्री भने नेपाली बजारमा उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन। तर तुलनात्मक रुपमा कम मूल्यमा पाइने भएकाले जेडएस इभीको माग भने उच्च रहेको छ। एमजी जेडएस इभीको नेपाली बजार मूल्य ५० लाख ९९ हजार रुपैयाँ छ। 

भारत निर्मित हेक्टर नेपाल आइसकेकाले यसले पनि बजार हिस्सा बढाउनमा सहयोग पुर्‍याउने विश्वास कम्पनीको छ। परामाउन्ट मोटर्सले नेपाली बजारमा एमजीका सवारी भित्र्याउँदै आएको छ। 

images

प्रकाशित : सोमबार, पुस १९ २०७८०५:४२

प्रतिक्रिया दिनुहोस