आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

सरावलमा १२ सय बिघा धानखेती डुबानमा

images
आइतबार, असार ३० २०८१
images
images
सरावलमा १२ सय बिघा धानखेती डुबानमा
फाइल तस्बिर

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए।

images
images

पाल्हीनन्दन- लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका-६ र ७ मा एक हजार दुईसय बिघा धानखेती डुबानमा परेको छ। लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो।

images
images

चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए। उनका अनुसार गतवर्ष पनि वर्षाले शंकरपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो।

images
images

झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुुदा यहाँका मुख्य खाद्यभण्डार भनिने शंकरपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल-७ निवासी धर्मनाथ कुश्वाहाले बताए।

images
images
images

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए। खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुग्दा मधवलिया, शंकपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नुपरिरहेको उनको भनाइ छ। 'मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ', उनले भने।

झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए। खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असार ३० २०८११६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend