शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मनसुनजन्य विपद्‌ : बागलुङमा मृतकका परिवारलाई ६ लाख ५० हजार राहत

images
आइतबार, असार ३० २०८१
images
मनसुनजन्य विपद्‌ : बागलुङमा मृतकका परिवारलाई ६ लाख ५० हजार राहत
फाइल तस्बिर

मनसुनजन्य विपद्‌मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले ६ लाख ५० हजार रूपैयाँ राहत प्रदान गरेको जनाएको छ।

images
images

गलकोट- मनसुनजन्य विपद्‌बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ। मनसुनजन्य विपद्‌मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले ६ लाख ५० हजार रूपैयाँ राहत प्रदान गरेको जनाएको छ। 

images
images
images

बागलुङमा मनसुनजन्य विपद्‌बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो। मनसुनजन्य विपद्‌बाट मृत्यु भएकाका परिवारलाई संघीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

images
images

यही असार २७ गते राति बागलुङ-७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो। मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार रूपैयाँ नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार संघीय सरकारको दुई लाख र प्रदेश सरकारको ५० हजार रूपैयाँ रकम मृतकको परिवारलाई प्रदान गरिएको छ।

images
images

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्-श्रीमतीको मृत्यु भएको थियो। गलकोट-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो। मृतक श्रीमान्-श्रीमतीको परिवारलाई चार लाख रूपैयाँ एकमुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार ३० २०८११६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend