शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

यसवर्ष रुकुमपश्चिमका सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

images
आइतबार, असार ३० २०८१
images
यसवर्ष रुकुमपश्चिमका सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो।

images
images

रुकुमपश्चिम- यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ।

images
images
images

जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो।

images
images

हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन्।

images
images

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताए। बिरुवा तथा अन्य सामग्री खरिदमा २० लाख रूपैयाँ खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार ३० २०८११३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend