आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो महावै पालिका

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ३० २०८१
images
बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो महावै पालिका

महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो।

images
images

मान्म- जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ। खाँडाचक्र नगरपालिका-८ सेरावाडा र महावै गाउँपालिका-५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो।

images
images
images

महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो।

images
images

दुई करोड लागत अनुमान गरेर निर्माण थालिएको बेलीब्रिज डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाख रुपैयाँमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताए।

images
images

तिला नदीमा पुल निर्माणका लागि पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। 'पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको थियौँ', उनले भने, 'सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिब्रिज निर्माणको काम सकिएको छ।'

पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज भएको महावै गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार ३० २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend