शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

४५ मेगावाट क्षमताको चुमचेत जलविद्युत आयोजनाको लागत सवा ९ अर्ब

images
आइतबार, असार ३० २०८१
images
images
४५ मेगावाट क्षमताको चुमचेत जलविद्युत आयोजनाको लागत सवा ९ अर्ब

सार्वजनिक रिपोर्टमा आयोजनाको लागत ९ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ।

images
images

काठमाडौं- गोरखाको चुमनुव्री गाउँपालिकामा निर्माण हुने चुमचेत ४५ मेगावाट क्षमताको जलविद्युत आयोजनको वातावणणीय प्रभाव मूल्यांकन राय सुझावका लागि सार्वजनिक भएको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले आयोजनाको रिपोर्ट राय सुझावका लागि सार्वजिनक गरेको हो।

सार्वजनिक रिपोर्टमा आयोजनाको लागत ९ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजना गण्डकी प्रदेश गोरखाको जिल्लाको चुमनुव्री गाउँपालिकामा अवस्थित रहेको छ।

images

आयोजनाको प्रस्तावक चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ। आयोजना समुद्री सतहबाट १६४३.२० मिटरदेखि २०५७.४३ मिटर सम्मको उचाइको बीचमा अवस्थित रहेको छ। 

images

आयोजनाबाट कुल ६ घरपरिवाका २० जना सदस्या प्रत्यक्ष रुपमा प्रभावित हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको कुल वार्षिक उर्जा उत्पादन क्षमता २५३.१०२ गिगावाट आवर रहेको छ। सुक्खा मौसमको वार्षिक उर्जा क्षमता ७५.९६१ गिगावाट आवर क्षमता रहेको छ।

यसैगरी वर्षा मौसमको वार्षिक उर्जा १७७.१४१ गिगावाट रहेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

आयोजनाको कुल लागत ९ अर्ब १५ करोड ३९ लाख ५५ हजार ९ सय १६ रुपैयाँ र निर्माण अवधि ४ वर्ष लाग्ने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : आइतबार, असार ३० २०८११०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend