आइतबार, भदौ २३ गते २०८१    
images
images

नयाँ वर्षले जनकपुर भरिभराउ, बढे भारतीय पर्यटक 

images
शनिबार, पुस १७ २०७८
images
images
नयाँ वर्षले जनकपुर भरिभराउ, बढे भारतीय पर्यटक 

नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौँको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन्।

images
images

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ। 

images
images
images

अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ। भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटक भरिएका हुन्।

शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भिड लागेको छ। भारतीय गाडीको चाप बढेको छ। महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटक अत्याधिक रुपमा जनकपुर आएका छन्।

कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यको मात्रै नभइ अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरूको भिड देखिएको छ।

images

नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौँको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन्।

त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन्।

नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन्। अहिले जनकपुरको होटलहरू पर्यटकले भरिभराउ भएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तिन चार वर्ष पछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरे।

अहिले भारतीय गाडिको चापसमेत अत्याधिक बढेको छ। भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौं लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौंलखा मन्दिर पनि भन्ने गरिन्छ।

सन् १८९४ मा शिलान्यास भइ सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ। सिताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुर अत्याधिक रुपमा आउने गरेका छन्। तर नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायी समेत राम्रै चलेको छ।


प्रकाशित : शनिबार, पुस १७ २०७८०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend