बुधबार, मंसिर १२ गते २०८१    
images
images

दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २८ २०८१
images
images
दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उनले पहल सुरु गरेका हुन्।

images
images

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थालेका छन्। विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो। 

images
images
images

किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उनले पहल सुरु गरेका हुन्। 

images

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई आज मुख्यमन्त्री कार्कीले कार्यालयमा बोलाएर रकम उपलब्ध गराउने विषयमा छलफल गरेका थिए। सरोकारवालालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए। उनले आयोजनाको कार्यप्रगति, संस्थाको अवस्था र बजारका विषयमासमेत छलफल गरेका थिए। 

images

मुख्यमन्त्री कार्कीले आयोजना संघीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने तथा पूर्णरुपमा सञ्चालन र बजारीकरण गर्न संघीय सरकारसँग छलफल गरेर आगाडि बढ्ने बताए।

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा भएको उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर तथा मधेस प्रदेशको सप्तरीका किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।

आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा समस्या भएकाले अहिलेको अवस्था आएको बताए। आयोजनाले दूध प्रतिलिटर ९८ रुपैयाँमा बिक्री गरिरहेको छ। रासस 


प्रकाशित : शुक्रबार, असार २८ २०८११८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend