मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

मणिपाल शिक्षण अस्पातलमा नवनिर्मित ७२ बेडको अत्याधुनिक सघन उपचार कक्षको उद्‌घाटन

images
शुक्रबार, असार २८ २०८१
images
images
मणिपाल शिक्षण अस्पातलमा नवनिर्मित ७२ बेडको अत्याधुनिक सघन उपचार कक्षको उद्‌घाटन

यस सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयरसम्बन्धी डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नर्स र बिरामीको अनुमात मिलाइ नर्सिङ सेवाको व्यवस्था मिलाइएको अस्पतालको जनाएको छ।

images
images

काठमाडौं- मणिपाल शिक्षण अस्पातलमा नवनिर्मित ७२ शय्याको अत्याधुनिक सघन उपचार कक्षको उद्‌घाटन गरिएको छ। शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सघन उपचार कक्षको उद्‌घाटन गरेका हुन्। 

images
images
images

नवनिर्मित सघन उपचार कक्ष बिरामीहरुको सुरक्षार्थ केन्द्रीकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकारात्मक असर नगर्ने आइसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन रहेको र अब गम्भीर बिरामीहरुसमेत काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ।

images

अस्पतालका अनुसार यस नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्येक शय्यामा मोनिटर, भेन्टिलेटर, ईसीजी मेसिन, यूएसजी तथा इको प्रणालीहरु जडित छन् जसले गर्दा बिरामीहरुलाई धेरै सहज हुनेछ। यस सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयरसम्बन्धी डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नर्स र बिरामीको अनुमात मिलाइ नर्सिङ सेवाको व्यवस्था मिलाइएको अस्पतालको जनाएको छ।

images
images
images

यसका साथै अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाइटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने बताइएको छ। आउँदा दिनहरुमा पनि गुणस्तरीय सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।


प्रकाशित : शुक्रबार, असार २८ २०८११७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend