आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

'चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल'

images
शुक्रबार, असार २८ २०८१
images
'चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल'

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा संघले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरिएको संस्थापक अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए।

images
images

गण्डकी- गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ।

images
images
images

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर) तयार गर्दै संघले चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए।

images
images

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा संघले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरिएको अध्यक्ष गुरुङले बताए। यहाँको संस्कार, संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी यस पदमार्गको प्रवर्द्धन र विकासका लागि पहल थालिएको उनको भनाइ छ।

images
images

गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा-ताप्रो-क्होलासोँथर-ठूलो लेक-थुर्जु-दूध पोखरी-गुरुङ देउराली-डाँफे खर्क-तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङले बताए।

उक्त पदमार्गमा पदयात्रा गर्न चाहने स्वदेशी एवं विदेशी पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयको सहयोगमा ब्रोसर तयार गरिएको बताउँदै उनले पर्यटकको इच्छा र समयअनुसार पदयात्रा गर्न सक्नेगरी विभिन्न १३ वटा आइटिनरी तय गरिएको जानकारी दिए।

संघले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा गत जेठ २१ देखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको थियो। नक्सांकनसँगै पदयात्रा पर्यटनको विकासका लागि आवश्यक विषयको अध्ययन एवं अनुसन्धानसमेत गरिएको गुरुङले बताए।

गुरुङ समुदायको मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ अघि बढाउन लागिएको यो पदमार्गले परापूर्वकालमा भोटमा नुन लिन जाने संस्कृतिलाई पनि जीवन्त राख्ने विश्वास लिइएको संघका महासचिव तुल गुरुङले बताए। कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका रूपमा चासो र चर्चा कमाएको थियो।

पदमार्गमार्फत माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरबासलाई जोड्ने संघको योजना छ। पदमार्गले पसगाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरबासलाई पनि जोड्ने छ।

पदमार्गको नक्सांकन कार्य भइरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले चालु आर्थिक वर्षभित्रमा नक्सांकन कार्यलाई पूर्णता दिइसक्ने योजना रहेकोे जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend