आइतबार, भदौ २३ गते २०८१    
images
images

घट्दो ब्याजदरले सेयर बजार बढ्दो ‘ट्रेण्ड’ मा जाने संकेत

images
शनिबार, असार २९ २०८१
images
images
घट्दो ब्याजदरले सेयर बजार बढ्दो ‘ट्रेण्ड’ मा जाने संकेत

राजनीतिक स्थायित्व दिने भन्दै दुई ठूला दल कांग्रेस र एमालेबीचको मेलमिलापले सेयर लगानीकर्ता उत्साही हुँदा बजार लगातार बढिरहेको छ।

images
images

काठमाडौं- लामो समययता १९०० देखि २००० बिन्दु वरपर घुमिरहेको सेयर बजार झन्डैँ एक वर्षपछि बिहीबार २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा पुगेसँगै लगानीकर्तामा उत्साह छाएको छ।

images
images
images

यसअघि २०८० साउन ८ मा बजार २२००.५० बिन्दुमा पुगेको थियो। त्यसयता निरन्तर उतारचढावमा रहेको बजारले बिहीबार २२०० को बिन्दुमात्रै पार गरेको छैन, कारोबार रकमसमेत बढेर ७ अर्ब ८ करोड रूपैयाँ पुगेको छ।

पछिल्लो सातामात्रै सेयर बजार ६३.६४ अंकले बढेको छ। आइतबार दोहोरो अंकले बढेको बजार सोमबार ४.६२ अंकले घटेर २१३६.३५ बिन्दुमा ओर्लिएको थियो। सोमबारको सामान्य करेक्सनपछि बजारले पुनः वृद्धिकै लय समातेको हो।

stock.JPG

कारोबारसँगै बढेको सेयर बजारमा खासगरी नयाँ सरकार गठन प्रक्रियाले पनि प्रभाव पारेको देखिन्छ। राजनीतिक स्थायित्व दिने भन्दै संसदमा दुई ठूला दल कांग्रेस र एमाले मिलेसँगै सेयर लगानीकर्ता उत्साही हुँदा सेयर बजार लगातार बढिरहेको छ।

images

लगानीकर्ता छोटेलाल रौनियार ब्याजदर घटेको र बैंकहरुले पनि लगानी बढाउँदै लगेकोले बजार अब बढ्दै जाने दाबी गर्छन्। कारोबार र अंक दुवै बढिरहेकाले मौद्रिक नीतिपछि सेयर बजार बढ्दाे ‘ट्रेण्ड’ मा जाने अपेक्षामा लगानीकर्ता रहेको रौनियारले बताए। 

ब्याजदर एक वर्षमा २३.४४ प्रतिशतले घट्यो

वाणिज्य बैंकहरूको ब्याजदर विगत एक वर्षमा २३.४४ प्रतिशतले घटेको छ। २०८० जेठमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२.५३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा १०.१५ प्रतिशतमा आइपुगेको छ। यस्तै वाणिज्य बैंकहरूको आधारदर गत वर्षको जेठमा १०.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठमा घटेर ८.१७ प्रतिशतमा आएको छ।

राष्ट्र बैंकको यस तथ्यांकले बैंक वित्तीय संस्थाले कर्जाको ब्याजदर निरन्तररुपमा घटाइरहेको देखाउँछ। यतिबेला बैंक वित्तीय संस्थाहरूको कर्जा ब्याजदर विगत २८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ। वाणिज्य बैंकहरूको कर्जा ब्याजदर घट्नुमा निक्षेपको ब्याजदर मुख्य हात छ। गत वर्षको फागुनयता निरन्तररुपमा निक्षेपको ब्याजदर घटिरहेको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेर ६.१७ प्रतिशतमा आइपुगेको छ। यता विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर पनि निक्षेप र कर्जाको ब्याजदर निरन्तररुपमा घटेको छ।  विकास बैंकहरूको कर्जाको औसत ब्याजदर गत वर्षको जेठमा १४.४७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ११.६३ प्रतिशत कायम भएको छ।

यस्तै वित्त कम्पनीको कर्जाको ब्याजदर विगत १ वर्षयाता १५.०६ प्रतिशतबाट घटेर १२.८५ प्रतिशतमा आइपुगेको छ। विकास बैंकहरूको निक्षेपको ब्याजदर ९.४५ प्रतिशतबाट घटेर ७.०७ प्रतिशत र वित्त कम्पनीको निक्षेपको ब्याजदर १०.१८ प्रतिशतबाट घटेर ८.२८ प्रतिशत कायम भएको छ।

बजार बढ्दो ट्रेण्डमा जाने संकेत

यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको थियो। २०७८ को बुलमा पनि सोही तरलता र ब्याजदरलेनै बजार माथि गएर उच्च अंकमा पुगेको थियो। अहिले पनि अवस्था त्यस्तै देखिएको छ। ब्याजदर घट्दो छ। बैंकमा लगानीयोग्य रकम ७ खर्ब पुगेको छ। तर ऋण परिचालन हुन सकेको छैन।

नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। २०७२ को बुलमा सेयर बजार १८०० बिन्दुबाट तल १२०० को बिन्दुमा झरेको थियो। अघिल्लो बुलमा कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्यो।

बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भएपछि निक्षेपकर्ताले पनि आफूसँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे।  २०७८ भदौ २ गतेको अधिकतम ३१९९ पुगेको थियो। त्यसपछि लगातार घटेर १८ सयको बिन्दुमा आइपुगेको थियो।

लामो समय बजार १८ सयदेखि २ हजारको बिन्दुमा घुमेर बसेको थियो। पछिल्लो सयम पुनः बढ्दो ट्रेण्डमा गएको देखिन्छ। बैंकको ब्याजदर, बैंकमा थुप्रिएको तरलताले पुनः सेयर बजार उच्च अंकमा जानसक्ने आकलन गरिएको छ। 


प्रकाशित : शनिबार, असार २९ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend