आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

वन्यजन्तुपीडित स्थानीयलाई निकुञ्जले दियो दुई करोड ५६ लाख रूपैयाँ क्षतिपूर्ति

images
शुक्रबार, असार २८ २०८१
images
वन्यजन्तुपीडित स्थानीयलाई निकुञ्जले दियो दुई करोड ५६ लाख रूपैयाँ क्षतिपूर्ति

निकुञ्जले पशुधन बीमाअन्तर्गत दुई करोड ५६ लाख रूपैयाँ वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो।

images
images

सुर्खेत- आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ।

images
images
images

निकुञ्जले पशुधन बीमाअन्तर्गत दुई करोड ५६ लाख रूपैयाँ वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो।

images
images

डोल्पोबुद्ध गाउँपालिकाको धो, शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्‍याएको क्षतिको मूल्यांकन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए।

images
images

निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्‍याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उनले बताए।

राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताए। उनका अनुसार बाँकी समयको भुक्तानी यही असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो।

प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट तीन करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणबापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८११५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend