आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

‘पहिरोले बगाएको बसमा सात भारतीय थिए’

images
शुक्रबार, असार २८ २०८१
images
‘पहिरोले बगाएको बसमा सात भारतीय थिए’

नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन। सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन्।

images
images

मुग्लिन- नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ।

images
images
images

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

images
images

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ। सोही मार्ग भएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ।

images
images

नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन। सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन्।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend