शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

११ महिनामा वाणिज्य बैंकले कमाए ५६ अर्ब ४५ करोड खुद नाफा, नबिलले सबैभन्दा धेरै खुद नाफा गर्दा ग्लोबल बन्यो दोस्रो

शुक्रबार, असार २८ २०८१
११ महिनामा वाणिज्य बैंकले कमाए ५६ अर्ब ४५ करोड खुद नाफा, नबिलले सबैभन्दा धेरै खुद नाफा गर्दा ग्लोबल बन्यो दोस्रो

तेस्रो स्थानमा रहको नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको छ।

काठमाडौं- नेपालका वाणिज्य बैंकहरुले जेठ महिनासम्ममा ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। बैशाख मसान्तको तुलनामा जेठमा बैंकहरुको खुद नाफा १६.१४ प्रतिशतले बढेको छ।

बैशाखसम्ममा नेपालका वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेका थिए। गत वर्षकै यसै अवधिको तुलनामा भने बैंकको खुद नाफा करिब २४ प्रतिशतले घटेको छ। गत वर्षको यसै अवधिमा बैंकहरुले ७० अर्ब रुपैयाँ खुद नाफा गरेका थिए।

यस अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। चालु आर्थिक ११ महिनामा नबिल बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

तेस्रो स्थानमा रहको नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै ११ महिनामा चालु आर्थिक वर्षको प्राइम बैंकको ३ अर्ब ५५ करोड रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ३ करोड रुपैयाँ,स्टाण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड रुपैयाँ र कृषि विकास बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

यसबाहेक एनएमबी बैंकको २ अर्ब ७७ करोड रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ७६ करोड, लक्ष्मी बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड रुपैयाँ र एनआईसी एसिया बैंकले २ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। 

यस्तै सानिमा बैंकको १ अर्ब ७६ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब ७५ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ६७ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यस अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम खुद नाफा नेपाल बैंक लिमिटेडले गरेको छ। ११ महिनामा यस बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ।


प्रकाशित : शुक्रबार, असार २८ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend