आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

‘रेड अलर्ट’ को सूचना आएका जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने

images
शुक्रबार, असार २८ २०८१
images
‘रेड अलर्ट’ को सूचना आएका जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने

‘सबै ठाउँमा बन्द गर्दा झनै सास्ती हुने भएपछि जहाँ-जहाँ समस्या र रेड अलर्ट जारी हुन्छ सोही ठाउँमा रात्रिकालीन सेवा बन्द गर्नेछौँ,’ गृहमन्त्री लामिछानेले भने।

images
images

काठमाडौं- मौसम पूर्वाअनुमानले ‘रेड अलर्ट’ जारी गरेका जिल्लामा रात्रिकालीन यातायात सेवामा रोक लगाउने सरकारले निर्णय गरेको छ। बाढीपहिरोका कारण ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै यात्रुबस नै बगाएपछि रात्रीकालीन सेवामा रोक लगाइएको हो।

images
images
images

जहाँ-जहाँ समस्या र अलर्ट जारी हुन्छ सोही ठाउँमा रात्रिकालीन सेवा बन्द गर्ने यातायात व्यवसायीसँग सहमति भएको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी दिएका छन्। ‘सबै ठाउँमा बन्द गर्दा झनै सास्ती हुने भएपछि जहाँ-जहाँ समस्या र रेड अलर्ट जारी हुन्छ सोही ठाउँमा रात्रिकालीन सेवा बन्द गर्नेछौँ,’ गृहमन्त्री लामिछानेले भने।

images
images

गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरी यातायात व्यवसायीसँग छलफल थालेको थियो। यातायात व्यवसायीका प्रतिनिधिहरूले सबै ठाउँमा बन्द गर्दा झनै समस्या आउने बताएपछि यातातात व्यवसायी र यातायात व्यवस्था विभागको समन्वयमा समस्या आएका ठाउँमा बन्द गर्ने सहमति गरिएको हो।

images
images

आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसेपछि यात्रु बेपत्ता भएका छन्।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।

आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन्। गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए। 


प्रकाशित : शुक्रबार, असार २८ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend