आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

घाँसखेती गर्ने ३७ किसानलाई अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २८ २०८१
images
घाँसखेती गर्ने ३७ किसानलाई अनुदान

नगरपालिकासँगको समन्वयमा पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्ध उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो।

images
images

तनहुँ- जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजारका दरले किसानलाई अनुदान वितरण गरिएको हो ।

images
images
images

पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेवापत कुल पाँच लाख ५५ हजार अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुंगानाले बताए।

images
images

नगरपालिकासँगको समन्वयमा पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्ध उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो।

images
images

'घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत किसानले नयाँ प्रजातिका डाले तथा भुँइघाँस विस्तार गरेका छन्', ढुंगानाले भने, 'यस कार्यक्रमले  पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी आउने अपेक्षा गरेका छौँ।'

नगरले दुग्ध उत्पादनको आधारमा अनुदान वितरण थालेको छ। नगरभित्रका दुईवटा दुग्ध उत्पादन सहकारीमार्फत चार लाख २० हजार रकम अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए। उनका अनुसार उत्पादनको आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ।

प्रशासकीय अधिकृत पौडेलले भने, 'किसानलाई प्रतिलिटर तीनका दरले अनुदान दिएका छौँ। यसले पशुपालक किसानलाई हौसला प्रदान गरेको हामीले विश्वास लिएका छौँ।' किसानको माग र आवश्यकताका आधारमा अनुदान थप गर्दै जाने उनले बताए। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८११३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend