आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

images
शुक्रबार, असार २८ २०८१
images
क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन्।

images
images
images

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीब्ररूपमा अगाडि बढेको बताएका हुन।

images
images

‘ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ। प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो। त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब विद्युतमा पहुँच नभएको नागरिक बाँकी छैन। विद्युत उर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको छ भने केही महिनामैं करिब ५ सय मेगावाट थप हुने चरणमा छ। जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत खरिद सम्झौता भइसकेको छ,’। 

images
images

उनले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताए। प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए।


प्रकाशित : शुक्रबार, असार २८ २०८११२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend