बुधबार, मंसिर १२ गते २०८१    
images
images

रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव, व्यवसायीसँग छलफल जारी

images
शुक्रबार, असार २८ २०८१
images
images
रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव, व्यवसायीसँग छलफल जारी

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल थालेको हो।

images
images

काठमाडौं- गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरी यातायात व्यवसायीसँग छलफल थालेको छ। यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल  जारी रहेको छ।

images
images
images

आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ। प्रतिनिधि सभामा समेत सांसदहरुले पनि रात्रीकालिन यातायात संचालनमा रोक लगाउन माग गरेका छन्।

images

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल थालेको हो।

images

रायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ।

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।  प्रजीअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए। 

 


प्रकाशित : शुक्रबार, असार २८ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend