आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २८ २०८१
images
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न निर्देशन

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

images
images

काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। 

images
images
images

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका हुन्। 

images
images

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

images
images

मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन्छ। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८१११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend