आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २८ २०८१
images
पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन्।

images
images

गोरखा- गोरखा-आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका-१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए। 

images
images
images

आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो। 'साना-साना पहिरोसमेत ठाउँ-ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ', उनले भने, 'नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ।'

images
images

आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए। सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन्। 

images
images

गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८११०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend