बिहीबार , भदौ २७ गते २०८१    
images
images

चितवन पहिरो अपडेट : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २८ २०८१
images
images
चितवन पहिरो अपडेट : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन

अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजीअ यादवले जानकारी दिए।

images
images

चितवन- पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। 

images
images
images

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ।

अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजीअ यादवले जानकारी दिए। 

images

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। 

प्रजीअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौं र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ। यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असार २८ २०८११०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend