मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

अर्थ मन्त्रालयलगायतसँग सहकारी छानबिन संसदीय विशेष समितिको छलफल

images
बिहीबार , असार २७ २०८१
images
images
अर्थ मन्त्रालयलगायतसँग सहकारी छानबिन संसदीय विशेष समितिको छलफल
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्‌बाट एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो। छलफलको क्रम निरन्तर रहेको समितिले जनाएको छ।

images
images

काठमाडौं- प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्‌ले दिएको कार्यादेशअनुसार बिहीबार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ।

images
images

छलफलका क्रममा ती निकायका अधिकारीले सहकारी सिद्धान्तका आधारमा नचल्दा समस्या आएको, चिनजान भएकासँग सहकारीका सञ्चालकले लेनदेन गर्ने गरेको, स्वनियमन भनिए पनि हुन नसकेको, बचत तथा ऋण सहकारीमा स्रोत नखुलेको करोडौँ रुपैयाँ अपारदर्शी रुपमा राखिएको, ऐन, नियमका प्रावधान पालना नभएका कारण सहकारीमा समस्या आएको बताएको समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन्।

images
images

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्नेगरी अध्ययन गरिरहेको सचिव बबिता मिश्रले जानकारी दिइन्। छलफलको क्रम निरन्तर रहेको समितिले जनाएको छ।

images
images

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्‌बाट एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो। 

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययनगरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी  दिइएको छ। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend