मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

साउनदेखि लागु हुनेगरी स्वास्थ्य बीमाको 'सुविधा थैली' परिमार्जन

images
बिहीबार , असार २७ २०८१
images
images
साउनदेखि लागु हुनेगरी स्वास्थ्य बीमाको 'सुविधा थैली' परिमार्जन

यसअघि आंशिकरुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो। नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन्।

images
images

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ। बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए।

images
images

उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागु गरिनेछ। उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए।

images
images

यसअघि आंशिकरुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो। नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन्।

images
images
images

अस्पताल टिकट ५० रूपैयाँ तोकिएको छ। शय्याको प्रतिदिन दुई सय ५० रूपैयाँ राखिएको छ। यसअघि साधारण शय्याको दुईसय रूपैयाँ थियो। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रूपैयाा बराबरको योगदानका आधारमा एक लाख रूपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ। 

यस्तै थप प्रतिसदस्य सातसय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रूपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रूपैयाँसम्म तोकिएको छ।

बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend