शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रूपैयाँ नाघ्यो

images
बिहीबार , असार २७ २०८१
images
images
ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रूपैयाँ नाघ्यो

ग्लोबल आईएमई बैंकले ७७ जिल्लामा रहेका ३ सय ५४ शाखा कार्यालयहरुमार्फत ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रूपैयाँ पुगेको हो।

images
images
images

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रूपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो।

निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा आफू अगाडि रहेको बैंकले जनाएको छ। वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेपतर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ।

images

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको ५०० अर्ब रूपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभइ नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए।

images

'निक्षेप रकम ५०० अर्ब रूपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो। यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो। यसले हामीलाई भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरु भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ,' उनले भने, 'हामीले यो उपलब्धिलाई हाम्रो बैंकको मात्र नभइ समग्र नेपाली बैंकिङ क्षेत्रको उपलब्धिको रुपमा लिएका छौँ।'

ग्लोबल आईएमई बैंकले ७७ जिल्लामा रहेका ३ सय ५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।

आधा करोड हाराहारी ग्राहकलाई सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको जनाएको छ। 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशहरूबाट रेमिट्यान्ससमेत भित्र्याउने गरेको छ।


प्रकाशित : बिहीबार , असार २७ २०८११८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend