आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

images
बिहीबार , असार २७ २०८१
images
६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको महासंघका अध्यक्ष रवि सिंहले बताए।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब रूपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीहरुले बताएका छन्। 

images
images
images

नेपाल निर्माण व्यवसायी महासंघले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

images
images

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भइ निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताए।

images
images

'बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा  मनोवैज्ञानिक दबाब परेको छ', अध्यक्ष सिंहले भने।

आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चिता नभइ ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौँ व्यवसायी प्रभावित भएका उनले बताए।

यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उनले बताए। विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उनले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको अध्यक्ष सिंहले बताए। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend