आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नगरकोट-कुन्ताबेँसी सडकमा मालवाहक यातायातका साधन सञ्चालनमा रोक

images
बिहीबार , असार २७ २०८१
images
नगरकोट-कुन्ताबेँसी सडकमा मालवाहक यातायातका साधन सञ्चालनमा रोक

बुधबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध हुँदा रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट-नयाँगाउँ-कुन्ताबेँसी सडकमा चाप बढेपछि कालोपत्र भइरहेको उक्त सडक बिग्रने र पहिरोको जोखिम बढ्ने भन्दै मालवाहक सवारीसाधनलाई रोक लगाइएको हो।

images
images

काभ्रेपलाञ्चोक- मण्डनदेउपुर नगरपालिकाले नगरकोट-नयाँगाउँ-कुन्ताबेँसी सडकमा आजदेखि मालवाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ।

images
images
images

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

images
images

बुधबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएपछि रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट-नयाँगाउँ-कुन्ताबेँसी सडकमा चाप बढेको थियो। मण्डनदेउपुरले उक्त सडकखण्डको केही स्थानमा अझै कालोपत्र गर्न बाँकी रहेकाले सडकको क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा सडक बिग्रन गइ पहिराको जोखिम बढ्ने भएकाले मालवाहक यातायातका साधनलाई रोक लगाइएको नगरप्रमुख टोकबहादुर वाइबाले बताए।

images
images

यस्तै नगरले हिगुवापाटी-गैह्रीबिसौना-नगरकोट सडकमा एम्बुलेन्स तथा आकस्मिकबाहेकका सवारीसाधन सञ्चाचलनमा रोक लगाइएको उनले बताए। अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्डमा यातायातका साधन फसेका तथा स-साना पहिरा गएकाले बुधबार बिहानदेखि अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त राजमार्गमा अनिश्चितकालका लागि टिपर सञ्चालनमा रोक लगाएको छ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो-लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन बाटोमै थन्किएका बताए। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend